छठको चहलपहल शुरु


 


chhaatकाठमाडौं , कार्तिक १८

मिथिलाञ्चलको महान पर्व छठको चहलपहल शुरु भएको छ ।
चार दिनसम्म मनाइने छठ शुक्रबारबाट शुरु हुँदैछ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित पूर्वी तराईका जिल्लामा छठको चहलपहल शुरु भएको हो ।

जनकपुरका गंगा सागर, अरगजा सर, धनुष सागर, रुक्मिणी सर, दशरथ तलाउसहितका दर्जनौं पोखरी सजाउन थालिएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर जाने भएसँगै यो बर्ष जनकपुरमा विशेष सरसफाई गरिएको छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । तराईका बजारहरुमा छठको सामान किन्न अहिले सर्वसाधारणको घुईंचो छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्