आज एमाले अध्यक्ष ओली खोटाङ जाँदै, यस्तो छ कार्यक्रम


 


खोटाङ, चैत १९
नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज खोटाङ आउँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि हेलिकप्टरमा हलेसी उत्रने कार्यक्रम छ ।

अध्यक्ष ओली र उपाध्यक्ष थापाले त्रि-धार्मिकस्थल हलेसी महादेवको र हलेसी मारतिका गुम्बाको अवलोकन पछि जनसभा स्थल प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

जनसभा कार्यक्रममा विभिन्न पार्टीबाट दुई हजारबढी नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी रहेको एमाले खोटाङले जनाएको छ।

अध्यक्ष ओली र उपाध्यक्ष थापालाई दिक्तेलमा स्वागत गर्नका लागि एमालेका सबै भातृ सङ्गठनहरुले विभिन्न ठाउँमा गेट समेत निर्माण गरेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्