यस्तो छ चैत्र २० गते आइतवारको राशिफल


 


काठमाडौं । आज २०७८ चैत्र २० गते आइतवारको राशिफल ।

मेष

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

मिथुन

आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

सिंह

सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।

तुला

आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु

आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

कुम्भ

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

कर्कट

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बन्नेछन् ।

कन्या

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।

बृश्चिक

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहला ।

मकर

मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मीन

आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्