यस्तो छ चैत्र २३ गते बुधवारको राशिफल


 


काठमाडौं । आज २०७८ चैत्र २३ गते बुधवारको राशिफल ।

मेष

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।

मिथुन

निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

तुला

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

धनु

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ ।

बृष

आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट

आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कन्या

आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।

बृश्चिक

आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मीन

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्