यस्तो छ चैत्र २५ गते शुक्रवारको राशिफल


 


काठमाडौं । आज २०७८ चैत्र २५ गते शुक्रवारको राशिफल ।

मेष

सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

सिंह

आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

तुला

रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

धनु

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ

शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

बृष

नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।

कर्कट

आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

कन्या

आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृश्चिक

आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।

मकर

अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।

मीन

लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्