मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु


 


काठमाडौं, चैत्र २५
कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवै जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन् ।

सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्