सुनकाे भाउ ८ सयले बढ्याे



काठमाडौँ, कार्तिक १९

नेपााली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ ।

तेजावी सुनको मूल्य गत साता रू ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला रू ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला रू ३० ले वृद्धि भइ आज रु ८४० कायम भएको छ ।

सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News