अमेरिकी सैनिक प्रशिक्षकको हत्या


 


sainik-prasikxakकाठमाण्डौ, कार्तिक २०

जोडर्नमा तीनजना अमेरिकी सैनिक प्रशिक्षकको हत्या गरिएको छ ।

जोर्डनमा रहेको हवाई सुरक्षा अड्डामा गोली लागि तीन सैनिक प्रशिक्षकको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

एकजनाको घटनास्थलमा नै मृत्यु भएकोहो भने अरु दुईजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

जोर्डनको दक्षिणी क्षेत्रमा रहेको अल–जाफ्र हवाई अड्डामा रहेको आर्मी प्रशिक्षण केन्द्रको मूलद्वारमा पुग्न लागेका बेला अमेरिकी सैन्य प्रशिक्षक चढेको गाडीमा गोली हानिएको सिएनएनले जनाएको छ ।

तालिम केन्द्रबाट गोली हानिएको थियो । घटनाको कारण थाहा नभएको र जोर्डनसँग मिलेर अनुसन्धान भइरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्