डब्ल्यूएचओ भन्छ-भारतमा मात्र कोरोनाको कारण ४७ लाख मानिसको मृत्यु



एजेन्सी, वैशाख २३
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोभिड–१९ को कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ ।

यो संख्या भारतको आधिकारिक तथ्यांकको तुलनामा झण्डै १० गुणा बढी हो । साथै डब्ल्यूएचओले यो संख्या विश्वभर कोरोनाको कारण मृत्यु हुनेको संख्याको करिब एक तिहाइ हो।

डब्ल्यूएचओले विश्वभर कोरोनाको कारण करिब १ करोड ५० लाख मानिसको मृत्यु भएको बताएको छ।

धेरै मुलुकले कोरोनाबाट मृत्यु भएका मानिसको सही गणना नगरेको डब्ल्यूएचओको निष्कर्ष छ। अहिलेसम्म विश्वभरको तथ्यांक अनुसार ५४ लाख मानिसको कोरोनाको कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News