Deshko News
९ आश्विन २०८०, मंगलबार

ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास



एजेन्सी, वैशाख २६
चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवाननजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।

सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिणपश्चिमी भागमा सञ्चालन गरिएका छन् ।

१८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News