फेसबुकका संस्थापक जुकेरबर्गलाई एकै दिनमा ३ अर्ब डलर घाटा, के हाे कारण ?


 


mark-zuckerbergएजेन्सी, कार्तिक २०

फेसबुकको सेयर ५.५ प्रतिशतले घट्दा बिहीवार एकै दिनमा फेसबुकका संस्थापक मार्क जुकेरबर्गलाई ३ अर्ब डलर नोक्सान परेको छ । सीएनएनका अनुसार यो अहिलेसम्मकै कुनै एक जना लगानीकर्तालाई परेको सबैभन्दा धेरै घाटा हो ।

कम्पनीका प्रमुख वित्त अधिकृतले लगानीकर्तालाई विज्ञापनबाट हुने आम्दानी निकै घट्नसक्ने चेतावनी दिएपछि फेसबुकको सेयरको मूल्य घटेको थियो । जुकेरवर्गसँग करिब ५० अर्ब २० करोड डलर मूल्यको ४१ करोड ८० लाख कित्ता फेसबुकको सेयरको छ ।

सीएनएनका अनुसार ब्लुमबर्गले जुकेरबर्गको कुल सम्पत्ति ५२ अर्ब २० करोड डलर अनुमान गरेको छ । मार्क जुकेरबर्ग विश्वका पाँचौँ धनी मानिन्छन् ।

एकै दिनमा ३ अर्ब डलर नोक्सान भए पनि यो वर्ष उनको सम्पत्ति १५ प्रतिशतले बढेकाले जुकेरबर्गको कुल सम्पत्ति ६ अर्ब ४० करोड डलर पुगेको अनुमान छ ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्