Deshko News
११ आश्विन २०८०, बिहिबार

जब भारतमै माेदीकाे यसरी अपमान भयाे…



rakhi-modiमुम्बई, कार्तिक २०

बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ । राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

राखीमाथि मोदीको फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ। कांकरोली थानधिकारी लक्ष्मण रामले प्रहरीले अदालतको आदेश अनुसार राखी विरुद्धको मुद्दा दर्ता गरेको बताए ।

अधिवक्ता प्रजीत तिवारीले अदालतमा अभिनेत्री राखी सावन्तले कालो रंगको कपडा लगाएर सोसल मिडियामा शेयर गरेर पछि सो कपडामा प्रधानमन्त्रीको तस्बीर फोटोसमेत राखेको भन्दै राखीलाई कारवाही गर्न माग गरेका छन् । उनले सो कपडा लगाएर राखीले प्रधानमन्त्री मोदीको अपमान गरेको जिकिर गरेका छन्।

सो मुद्दामाथि सुनुवाई गर्दै अदालतले सो विषयमा छानविन गर्न प्रहरीलाई आदेश दिएको संचारमाध्यमले जनाएका छन्। प्रहरीले भारतीय दंड संहिताको धारा २९२, २९३, २९४, ५०१ र महिला अश्लिल निरुपण अधिनियमको धारा अनुसार राखी विरुद्ध छानविन गरिरहेको छ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News