नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त



काठमाडौं, जेठ ४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।

भारतको विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।

भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ ।

श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि राजदूत पद खाली रहेको थियो ।

श्रीवास्तवलाई नेपाल-भारतबीचको चिसिएको सम्बन्धलाई अगाडि बढाउने जिम्मेवारीसहित राजदूतमा सिफारिस गरिएको वताइएको छ।

श्रीवास्तव चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि महत्त्वपूर्ण भूमिका खेलेर भारतमा प्रशंसा पाएका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News