तालिबान सरकारको निर्देशनपछि मुख छोप्न थाले महिला पत्रकार


 


एजेन्स, जेठ ९
अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् ।

एकदिन अघिसम्म सरकारी आदेशको अवज्ञा गर्दै उनीहरू टेलिभिजनमा’अनएयरु भइरहेका थिए ।

एकजना कार्यक्रम प्रस्तोताले भनेकी छन्,’हामीहरूले आदेशको प्रतिवाद गर्दै आइरहेका थियौँ । तर टेलिभिजन मालिकहरूमाथि दबाब दिइन थालियो ।’

गत वर्ष अमेरिकी फौजले अफगान भूमि छाडेपछि तालिबानले सजिलैसँग सत्ता कब्जा गरेको थियो । पछिल्ला केही सातायता तालिबानले महिलाहरूमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै आएको छ ।

लोकप्रिय च्यानलहरू, जस्तै टोलो न्युज, अरियाना टेलिभिजन, सम्साद टेलिभिजन र १ टीभीमा महिला पत्रकारहरूले मुख छोप्ने बुर्का र हिजाब लगाएर समाचार वाचन गर्न र अन्य कार्यक्रम चलाउन थालेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्