Deshko News
१३ आश्विन २०८०, शनिबार

पाकिस्तानले सिमा क्षेत्रमा सेना तैनाथ गर्याे



एजेन्सी, कार्तिक २०

भारत पाकिस्तान तनाव बढ्दै गएको अर्को संकेत देखिएको खबर छ । १९० किलोमिटरको जम्मु सीमामा पाकिस्तानले तीव्र रुपमा सेना तैनाथ गरेको छ। सीमा स्थित पोस्ट तथा क्याम्प पाकिस्तानी रेन्जरले सम्हाल्दै आएका थिए।

सीमा सुरक्षामा पाकिस्तानले गरेको यो बदलाव भारतीय सीमा सुरक्षा बल(बीएसएफ)ले नोट गरेको बताइएको छ। बीएसएफका उच्च अधिकारी र सरकारी अधिकारीहरुले पाकिस्तानी सेनाले नियमित पाकिस्तानी रेन्जरलाई विस्थापित गर्दै आफ्ना जवान र हातहतियार रेन्जर पोस्टमा तैनाथ गरेको पुष्टी गरेको खबर भारतीय मिडियाले लेखेका हुन।

पाकिस्तानी सेनाले रेन्जर पोस्टको कमान्ड लिएको बारे एकिन भन्न नसकिने भएपनि त्यहाँ चहलपहल निकै बढेको र ८-९ दिन देखि नियमित सेनाको गाडीले जवान र हातहतियार ओसारेको एक भारतीय उच्च अधिकारीले बताएका छन्।

पाकिस्तानी सेनाको योजनाबारे कुनै एकिन सूचना नथापाइए पनि सीमामा आफ्नो सैन्य स्थित बलियो बनाउन पाकिस्तान लागिपरेको बताइएको छ । नोभेम्बरको अन्तिम साता पाकिस्तानी सेना प्रमुख जनरल राहिल शरिफ अवकास लिदैँछन्। आफुले निम्त्याएको तनावबीच आफ्ना उत्तराधिकारीलाई सीमा सुरक्षाको लागि सहज वातावरण तयार गर्न शरिफले अन्तिम तयारी गरेको भारतीय अधिकारी बताउँछन्।

बीएफसीले पाकिस्तानले तैनाथ गरेको सेनाको तह र संङ्ख्याको जानकारी संकलन गर्दै सीमामा भारतीय नागरिक माथी गरिएको आक्रमणसंग उनीहरुको सहभागिता पत्ता लगाउने प्रयास गर्दै गरेको बताइन्छ।

अघिल्लो हप्ता सो क्षेत्रमा ८ नागरिक मारिएका थिए। लेफ्टिनेन्ट कर्नेल हाशिम भाटीको कमान्डमा रहेका २४ रेन्जरको टोलीको घटनामा संलग्नता रहेको भारतीय पक्षको बुझाइ छ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News