इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ घाइते



एजेन्सी, जेठ १३
इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । भने अरु ३७ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरले जानकारी दिए ।

व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ ।

इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News