नेपाल टेलिकमद्धारा टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने ‘एनटीटीभी’ एपको परीक्षण शुरु



काठमाडौं, जेठ २६
नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ ।

सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड को प्ले स्टोर तथा एप्पल को एप स्टोर मा उपलब्ध गराइएको छ ।

उक्त एपमार्फत एन्ड्रोइड र क्ष्इक् का मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ ।

यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News