अमेरिकी दूतावासले एसपीपी सम्झौताबारे मुख खाेल्याे



काठमाडौं, असार ३
अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने वा रद्द गर्ने कुरा नेपालको हातमा रहेको बताएको छ ।

बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट अलग हुन चाहेमा रद्द गर्न सक्ने जनाएको हो ।

अमेरिकी दूतावासले भनेको छ, ‘कुनै पनि देशले एसपीपी कार्यक्रममा भाग लिन चाहँदैन भनेर अमेरिकालाई जानकारी दिन सक्छन् ।’ केही दिन यता नेपालमा एसपिपीको विषयमा व्यापक चर्चा छ । नेपालले यसअघि सन् २०१५ मा नै नेपाली सेनामार्फत् एसपिपीमा सहभागी हुन पत्र पठाएको कुरा बिहीबार मात्र खुलासा भएको छ ।

नेपालले नचाहेका कारण अहिलेसम्म एसपीपीको नेतृत्वको नेपालमा कुनै पनि कार्यक्रम नभएको अमेरिकाले स्पष्ट पारेको छ। दूताबासले भनेको छ, ‘एसपीपी अन्तर्गतका कुनै पनि क्रियाकलाप नेपालको स्वीकृतिमा मात्रै हुनेछन् ।’

नेपाली सेनाले सन् २०१५ र सन् २०१७ गरेर दुई पटक एसपिपीमा सहभागी हुन नेपालले आवेदन दिएको खुलेसँगै यसबारे बहस थप लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News