श्रीलंकामा इन्धन संकट भएपछि एक साता सार्वजनिक बिदा



एजेन्सी, असार ५
संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ ।

सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा पछिल्ला दिनहरूमा इन्धन संकट समेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘डेली मिरर’का अनुसार बिजुली आपूर्तिमा समस्या भइरहेको श्रीलंकाको शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयहरूलाई आगामी साता अनलाइन कक्षा लिनका लागि भनिसकेको छ ।

इन्धनको खपत कम गर्नका लागि श्रीलंकाको सरकारले कम्तिमा एक साता सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News