सेना भर्ती योजनामा थप परिवर्तन गर्ने भारत सरकारको तयारी


 


एजेन्सी, असार ५
सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले शनिबार नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ।

यस योजनाले सुरक्षा बलको सेवा गर्न चार वर्षको अवधिको लागि युवालाई छानेको छ र त्यसमध्ये २५ प्रतिशतलाई स्थायी रोजगार दिइनेछ भने बाँकी ७५ प्रतिशतले चार वर्षपछि सेवाबाट अवकाश पाउनेछन्।

सेनाको योजनाले युवाहरूलाई आन्दोलित बनाएको थियो। चार वर्षपछि आफूहरूलाई काम नलाग्ने बनाउने योजनाको विरोध गर्दै उनीहरूले चार वर्षे सेवा अवधिको सट्टा सेनामा दीर्घकालीन भर्तीको माग गरेका थिए। उनीहरुले भर्ती हुन वाञ्छनीय उमेर साढे १७ वर्षदेखि २१ वर्ष हुनुपर्ने प्रावधानको पनि विरोध गरेका छन्।

उमेर हद नाघेका धेरैले विगत दुई वर्षदेखि कोभिड–१९ महामारीका बेला कुनै पनि नयाँ भर्ती उपलब्ध नहुँदा सेवाका लागि तयारी गरिरहेका यूवाहरूले सेनामा सेवा गर्ने अबसर गुमेको भन्दै आन्दोलित भएपछि सरकारले शुक्रबार एक पटकको आवश्यकतालाई खुकुलो पार्दै भर्तीको पहिलो समूहको लागि उमेर सीमा २१ देखि २३ वर्षसम्म बनाएको छ।

विरोध प्रदर्शनको क्रममा आक्रोशित युवाले थुप्रै रेलहरू जलाउनुका साथै सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेका थिए।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्