युक्रेनको अन्न चोरेर विदेशमा बेचेको रुसमाथि आरोप


 


एजेन्सी, असार ६
रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ ।

आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तर विश्वव्यापी भोकमरी समस्या सिर्जना गर्ने धम्की दिंदै आएका छन् ।

खाद्यान्नलाई लिएर विश्वलाई बन्धक बनाउँदै यसरी युक्रेनबाट चोरीका अन्न सिरियाली वन्दरगाहमा बेच्नुलाई राजनीतिक विश्लेषकहरुले अपराधको संज्ञा दिएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको हो ।

म्याक्सारले तिनै जहाजहरुले केहीदिनअघि मात्र क्रिमियाको बन्दरगाह शहर सेभास्तोपोलमा पनि यसरी नै अन्न लोड गरिरहेको देखिएको जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्