बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् : रुसका सेना र हतियार चाँडै सकिन्छन्


 


एजेन्सी, असार १०
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका छन् । उनले युरोपेली सञ्चारमाध्यमसँग यस्तो बताएका हुन् । जोन्सनले जस्तै बेलायती गुप्तचर निकायले पनि यस्तै भविष्यवाणी गरेको छ ।

जोन्सनले आफूले औद्योगिक राष्ट्रहरूको समूह जी ७ लाई रुसी फौजसँग प्रतिकार गर्नका लागि युक्रेनलाई विभिन्न उपकरण दिएर थप सहयोग गर्न अनुरोध गर्न चाहेको पनि बताएका छन् ।

जर्मन अखबार सुडेउत्स्चे जेइटुंगसँगको कुराकानीमा जोन्सनले भनेका छन्, ‘मेरो विचारमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा भूमि कब्जा गर्ने सिलसिलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले थुप्रै योद्धा र हातहतियार गुमाइरहेका छन् ।

हाम्रो रक्षा गुप्तचर निकायका अनुसार केही महिनापछि नै रुससँग युद्ध जारी राख्न आवश्यक सबै श्रोत र साधनहरू सकिने छन् ।’ त्यतिबेला युक्रेनीहरुलाई सशक्त ढंगले अघि बढ्न मद्दत गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्