श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने



एजेन्सी, असार २८
श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका हुन्।

श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएसँगै नयाँ राष्ट्रपतिको चुनिने प्रक्रिया थालिने भएको हो।गोटबायाले जुलाई १३ मा राष्ट्रपति पदबाट राजीनामा भनेका छन्।

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रिँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन्। तीन दिनदेखि प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News