पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु



एजेन्सी, असार २९
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ ।

उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News