आज साउन ४ गते बुधवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साउन ४ गते बुधवारको राशिफल ।

मेष

आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

मिथुन

आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।

सिंह

खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनेछ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।

तुला

आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु

राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान पनि हराउन सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कुम्भ

आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

बृष

आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

कर्कट

सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

कन्या

नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

बृश्चिक

आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मकर

आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

मीन

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्