प्रधामन्त्री महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा


 


Prachanda-Chairman-of-Maoist-Center

काठमाडौं, कात्तिक २२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मानव अधिकारकर्मीको टोलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि पनि अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।

मानव अधिकारकर्मीको टोलीले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरकारले प्रमुख दलहरुबीच सहमति जुटाएर प्रस्ताव पारित गराउने पहल गरिरहेको बताए ।

मानव अधिकारकर्मीको टोलीले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा लगायतका विषयमा प्रधानमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्