आज साउन ११ गते बुधवार, यस्तो छ तपाईंको राशिफल



काठमाडौं । आज २०७९ साउन ११ गते बुधवारको राशिफल ।

मेष

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मिथुन

आज रमणीय र सुखद यात्राको योग छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

सिंह

आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

तुला

कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सुखद् एवं धार्मिक यात्राको योग पनि छ ।

धनु

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नजिकैको व्यक्तिबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग छ र कुनै कुराले मनमा खुसी पनि मिनेछ ।

कुम्भ

अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

बृष

घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट

आज कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा शुभ समाचार मिल्नेछ ।

कन्या

सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

बृश्चिक

आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने र ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीन

महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा समस्या बढ्न सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News