संविधान संशोधनको विषयमा के भने मन्त्री लेखकले ?


 


rameshlekhak

बैतडी, कात्तिक २२

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने दिशातर्फ अग्रसर रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन शाखा बैतडीले सोमबार सदरमुकाम गोठलापानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले संविधान संशोधनका साथसाथै संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गर्न सरकार लागिपरेको बताए ।

मन्त्री भएपछि पहिलोपटक जन्मथलो बैतडी पुगेका उनले संविधान आम नेपालीको साझा सम्पत्ति भएको र असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको बताए ।

साथै उनले सुदूर पश्चिमको विकासका लागि आफु सधै तत्पर रहेको र अरु प्रदेश भन्दा प्रदेश नम्बर ७ सधंै सम्भावना बोकेको प्रदेश भएकाले यस क्षेत्रको विकासमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।

सुदूरपश्चिमलाई उत्तरमा चीनतर्फका नाका र दक्षिणमा भारततर्फका नाकासँग जोड्न सके व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताए ।
सुदूरपश्चिममा विकासका लागि थुप्रै सम्भावना रहेकाले यसका लागि आफुले पहल गरिरहेको पनि उनले बताए ।

अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध महाभियोगका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले महाअभियोग विषयमा काँग्रेसले जनताको भावनाअनुसार निर्णय गर्ने बताए ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्