आज साउन २३ गते सोमवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साउन २३ गते सोमवारको राशिफल ।

मेष

मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।

मिथुन

आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

सिंह

सरकारी निकायको भए रहनेछ । पढाइलेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।

तुला

आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु

आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ ।

कुम्भ

चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृष

आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुनस् सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

कर्कट

आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कन्या

विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्नेछ ।

बृश्चिक

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

मकर

आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ ।

मीन

रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्