देउवाकाे गाेवा भ्रमणलार्इ लिएर कांग्रेसमा भाँडभैलाे शुरू


 


कैलाली, कार्तिक २३

नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामालाई भेटेर चिनिँया नागरिकलाई चिढाएको बताएका छन् । प्रेस युनियन कैलालीले सोमबार विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सभापति देउवाले दलाई लामालाई भेटरे चीनलाई चिढाएको बताए ।

तर महामन्त्री देउवाले सभापति देउवाको त्यो व्यक्तिगत भेट भएकाले त्यसको सम्पूर्ण जानकारी आफूलाई नभएको जानकारी दिए । नेपाली कांग्रेसको ‘एक चीन’ नीति भएको स्पष्ट पार्दै महामन्त्री कोइरालको लामासँगको भेटघाट व्यक्तिगत भएको बताए । उनले नेपाली कांग्रेस उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतसँग समदूरीमा बस्न चाहेको जनाए ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्