अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना जारी


 


hilari-and-donald-trumpकाठमाडौं, कात्तिक २४

विश्व शक्ति राष्ट्र अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

सुरुवाती परिणामअनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनमाथि अग्रता लिएका छन् ।

सुरुवाती चार राज्यको मत गणनामा ट्रम्पले तीन तथा क्लिन्टनले एक राज्यमा जित हात पारेका हुन् ।

कुल ५ सय ३८ ईलेक्टोरल कलेज सिटमध्ये हालसम्म ट्रम्पको पक्षमा २४ तथा क्लिन्टनको पक्षमा ३ सिट देखिएको छ ।

यद्यपी हालसम्म आएका नतिजामा रिपब्लिकन वर्चस्व रहेका राज्य भएकाले निर्वाचन परिणामलाई स्वाभाविक मानिएको छ ।

अमेरिकामा ४५औं राष्ट्रपति चयनका लागि बुधबार बिहान मतदान सम्पन्न भएको हो ।

राष्ट्रपति पदको यो महासंग्राममा चार जना उम्मेदवार मैदानमा भए पनि मूख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा छ ।

यो निर्वाचनमा ५० वटा राज्य र वासिङटन डीसीका गरी कुल १२ करोड अमेरिकी मतदाता सहभागी छन् ।

यद्यपी ३३ वटा राज्य र वासिङ्टन डीसीका ४ करोड मतदाताले यसअघि नै मत दिइसकेका छन् ।

राष्ट्रपति निर्वाचित हुनका लागि भने ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये २ सय ७० ल्याउनै पर्छ ।

प्रतिनिधिसभा र सिनेटमा चुनिने प्रतिनिधिका आधारमा इलेक्ट्रोरल कलेज मत राज्य अनुसार फरक–फरक हुने गर्दछ ।

लोकप्रिय मत सर्वेक्षणहरुमा हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाइएको छ । आज बिहान ११ बजेसम्ममा मत परिणाम आउने बताइएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्