पूर्व राजा किन जाँदैछन् भारत ?


 


काठमाडाैं, कार्तिक २४

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर हुँदै भारत भ्रमणमा जाने भएका छन् । केही दिन सिंगापुर बसेपछि शाह भारत भ्रमणमा जाने तयारीमा छन् । ज्ञानेन्द्र बुहारी हिमानीसहित भारत जाने छन् । हिमानी भने केही दिन पहिले नै सिंगापुर गइसकेकी छिन् ।

king-12-gyanendra-grपूर्व राजा ज्ञानेन्द्र शाह निजी सचिव सागर तिमल्सिनाका साथ बुधबार साढे १२ बजे दूई सतासम्मका लागि सिंगापुर हुदै भारत भ्रमणमा जान लागेका हुन् । दशै लगत्तै शाहका निजी सचिव तिमल्सिनाले नयाँ दिल्ली पुगेर भ्रमणको मिति तय गरेका थिए ।

पछिल्लो समय राजनीतिक दलहरुप्रति विभिन्न प्रश्न गरेका ज्ञानेन्द्रले कात्तिक ४ देखि ६ गतेसम्म राजधानीमा सम्पन्न तेस्रो अन्तराष्ट्रिय विराट हिन्दू सम्मेलनमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै निषेधको राजनीतिले बिद्रोह जन्माउने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्