प्रचण्ड घेराबन्दीमा, बोलाए केन्द्रीय कार्यालयको बैठक



काठमाडाैं, कार्तिक २४

पार्टीभित्र असन्तुष्टि बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आज केन्द्रीय कार्यालयको बैठक बोलाएका हुन् ।

संगठन विभागका प्रमुख रामबहादुर थापासहित दाहाल निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजी श्रेष्ठको विरोधपछि अप्ठ्यारोमा परेका दाहालले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका हुन् ।

असन्तुष्ट नेताहरुले दाहाल एकल निर्णयबाट अघि बढेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News