एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा झापा-५ बाट उम्मेदवारी दर्ता


 


झापा, असाेज २४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् ।

एमाले अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन दमकस्थित निर्वाचन अधिकृतको कार्यालय आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन् ।

ओली उम्मेदवारी दर्ता गराउन शनिवार नै आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थनमा उम्मेदवार बन्नेछन् ।

एमालेबाट प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ‘क’मा हिम्मत कार्की र निर्वाचन क्षेत्र नम्बर ‘ख’मा होमबहादुर थापा उम्मेदवार बनेका छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्