शेखर समूहलाई देउवाले दिए जम्मा २३ प्रतिशत सिट



काठमाडौं, असाेज २४
सत्तारूढ दल कांग्रेसभित्रकफ शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ । चालिस प्रतिशतमा दाबी गर्दै आएको शेखर समूहले अहिलेसम्म प्राप्त विवरणअनुसार ९१ मध्ये २१ सिट मात्र पाएको देखिन्छ ।

गएको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मतका साथ सभापतिमा दोस्रो बनेका नेता कोइरालाले टिकट ल्याउन नसकेको भन्दै समूहभित्र असन्तुष्टि बढेको छ।

माओवादीले छाडेपछि शेखर समूहबाट बलबहादुर केसीले पनि टिकट पाएका छन् । शेखर समूहबाट सञ्जय गौतमले टिकट पाएपनि त्यो खोसिएको छ ।

यी हुन् कोइराला समूहबाट टिकट पाएका नेताहरू
प्रदेश १
मोरङ ६ – शेखर कोइराला
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ ३ – सुनिल शर्मा
सोलुखुम्बु – बलबहादुर केसी

मधेस प्रदेश
सप्तरी ४ – तेजुलाल चौधरी
धनुषामा २ – रामकृष्ण यादव
रौतहट २ – रित्तोद आलम
रौतहट ४ – देवप्रसाद तिमिलसिना

वाग्मती प्रदेश
काठमाडौं ४ – गगन थापा
नुवाकोट २ – अर्जुननरसिंह केसी
धादिङ – २ रामनाथ अधिकारी

गण्डकी प्रदेश
स्याङजा २ – धनराज गुरुङ
गोरखा १ – राजेन्द्र बजगाईं
मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश
गुल्मी १ – चन्द्र भण्डारी
दाङ ३ – दीपक गिरी
कपिलवस्तु–२ सुरेन्द्र आचार्य

कर्णाली प्रदेश
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News