जन आन्दोलन स्वर्णपदकबाट काँग्रेस नेता सिटौला सम्मानित


 


krishna-sitaula-1

काठमाडौं, कात्तिक २४
जनआन्दोलन २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०२ औं जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेका नेता कृष्णप्रसाद सिटौला सम्मानित भएका छन् ।

उनलाई गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच जन आन्दोलन स्वर्ण पदकबाट सम्मान गरेको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत नेपाली काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलालाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनआन्दोलन र संविधान निर्माणमा नेता सिटौलाले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका पूर्व सभामुख एवं एमाले नेता सुवास नेम्वाङले पनि विभिन्न संवैधानिक मुद्धामा सिटौलाले प्रभावकारी भूमिका खेलेको बताए ।

प्रतिष्ठानले आफ्नो स्थापनाकाल २०६३ देखि हरेक वर्ष गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा जन आन्दोलन एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान र्पुयाउने लोकतान्त्रिक योद्धालाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गर्दै आएको छ ।

तात्कालीन राजा ज्ञानेन्द्र प्रतिगमन विरुद्धको ०६२/६३ को संयुक्त जनआन्दोलनको संयोजकको रुपमा आन्दोलनरत दलहरुलाई नेतृत्व प्रदान गर्दै विघठित प्रतिनिधिसभालाई पुर्नस्थापित गरान सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त सम्मान गत वर्ष संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ र मरणोपरान्त नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्