प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्री बर्खास्त


 


काठमाडौं, असाेज २८
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका छन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् । सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्