Deshko News
९ आश्विन २०८०, मंगलबार

डडेल्धुरामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी बाहिरियो



डडेल्धुरा, असाेज ३०
नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बिपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ ।

शनिबार दुबै पार्टीबीच मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमती भएको हो । प्रतिनिधिसभामा कांग्रेस (बिपी)का कर्णबहादुर मल्ललाई नेकपा एकीकृतले सघाउनेछ भने उसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा.तारा जोशीलाई सहयोग गर्नेछन् ।

जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपनि तालमेल गर्ने सहमतीमा उनीसहित नेकपाका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् । कांग्रेस बिपी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमती भएको छ ।

शुक्रबार मात्र नेकपा एमालेले समझदारी विपरीत कांग्रेस बिपीले स्वतन्त्र उम्मेदवारलाई सघाउने भन्दै तालमेल ताडेको घोषणा गरेको थियो । त्यसको भोलिपल्टै उनीहरुबीच सहमती भएको हो ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News