महाभियोग प्रस्तावमा छलफल गर्न भोली संसद बैठक बस्ने



sansad-bhawan-of-nepalकाठमाडौं, कात्तिक २४

तिहार र छठको बिदा सकिएपछिको व्यवस्थापिका–संसदको पहिलो बैठक २५ गते भोली बस्दैछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गरेका थिए ।

तिहारअघि कात्तिक ९ गते बसेको संसदको बैठक यही कात्तिक २५ गते दिउँसो २ बजेसम्म स्थगन भएको थियो ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बिहीबारको बैठकमा महाभियोगसम्बन्धी प्रस्तावमा नियमित छलफल हुनुका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News