नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’


 


काठमाडौं, कार्तिक २
नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् ।

कपिलवस्तुमा भएको नवौं महाधिवेशनले चन्दलाई पुनः महासचिव बनाएको हो । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण केन्द्रीय समिति निर्वाचित गरिएको छ ।

८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ जना पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरूमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने बताइएको छ । महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्