राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुँदै



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ।

यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुन लागेको हो ।

उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उनी रुपन्देही–२ मा उम्मेदवार हुने पाउने छन्। नत्र उनको उम्मेदवारी खारेज सदर हुने छ।

असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News