भोली विदा हल्ला मात्रै, विदा नहुने


 


काठमाडौं,कात्तिक २४,

सरकारले फाल्गुनानन्द जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा नदिइने जनाएकोे छ ।

सामाजिक सञ्जालमा गृहमन्त्रालयको सूचनासहित हल्ला फैलिएपछि उक्त हल्लाको खण्डन गरेको छ ।

फाल्गुनानन्दको २५ औं जयन्तीमा सरकारले सार्वजनिक विदा दिएको सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्र नक्कली रहेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले स्पष्ट पारे ।

उनले किरात धर्मवालम्बी सरकारी कर्मचारीका लागी मात्रै बिहीबार बिदा रहेको र सबैका लागि सार्वजनिक विदाको कुनै निर्णय नभएको बताए ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्