सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्



काठमाण्डौ, कार्तिक २५

सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ ।

सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसायी गोपालनाथ योगीलाई सचिव पदमा नियुक्तिका लागि भन्दै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्।

संसद सचिवालयका अनुसार सभामुख घर्तीले भदौ ५ गते योगीको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसपत्र पठाएकी थिइन् । तर सभामुखको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको स्रोतले बतायो।

सभामुख घर्तीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाले गर्ने काम रुपान्तरित संसदले गर्ने भन्ने संविधानको धारा २ सय ९६ को उपधारा ३ लाई आधार बनाएर प्रतिनिधिसभाको सचिवमा योगीलाई सिफारिस गरेकी थिइन्।

तर, राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाको सचिवका लागि प्रतिनिधिसभाकै सभामुखले मात्र सिफारिस गर्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुख घर्तीको सिफारिस रोकेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News