लोसपाका दुई केन्द्रीय सदस्यसहित १० जना एमाले प्रवेश



काठमाडौं, कार्तिक ११
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्यसहित १० जना नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष निवास बालकोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा लोसपाका केन्द्रीय सदस्यद्वय राजाराम साह र प्रिया रानी रश्मी सिंह, प्रदेश कमिटी सदस्य राजकुमार सिंहसहित जिल्ला कमिटीका सदस्य र अन्य रहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गर्ने क्रममा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एकबाल मिया उपस्थित थिए।

पूर्वमन्त्री मियाको पहलमा उनीहरूलाई एमालेमा प्रवेश गराइएको हो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News