‘भेरिफाइड’ ट्वीटर अकाउण्ट चलाउनेहरुले अब मासिक ८ डलर तिर्नुपर्ने


 


काठमाडौं, कार्तिक १६
निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुले मासिक ८ डलरको शुल्क तिर्नुपर्ने भएको छ ।

यो जानकारी ट्वीटरका नयाँ मालिक एलन मस्कले दिएका हुन् ।

गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको बताए ।

शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उनको भनाइ छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्