लोकमान प्रकरण अझै लम्बिँदै,बिहीबार बस्ने भनिएको संसद बैठक पनि स्थगित


 


sambidhan sava

काठमाडौं, कात्तिक २५
बिहीबारका लागि बोलाइएको व्यवस्थापिका–संसद्को बैठक विशेष कारणले स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबारका लागि तोकिएको बैठक स्थगन गरेको जनाएको छ ।

बिहीबारको ससंद् बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

यसअघि बसेको बैठकले तिहार र छठपछि बैठक बस्ने गरी कार्की विरुद्धको महाअभियोग सम्बन्धमा एक दिनमात्र छलफल गरी लामो समय संसद स्थगित गरिएको थियो ।

यति लामो समयसम्म बैठक स्थगित भए पनि दलहरुले महाअभियोगको विषयमा खासै छलफल भने गर्न सकेका छैनन् ।

संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्