राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा मै ट्रम्प विरुद्ध उर्लियो जनसागर


 


us_flag_burn_trump

एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको केही घण्टा मै विरोधको सामना गर्नु परेको छ ।

उनलाई विभिन्न आरोपहरु लगाएर प्रदर्शनकारीहरुले उनको विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपति निवास निवाश ’वहाईट हाउस’ बाहिर ट्रम्पको बिरोधमा प्रदर्शन भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा ‘ट्रम्प हाम्रो राष्ट्रपति हैन’ भन्दै प्रदर्शनकारीले सडक नै अवरुद्ध गरेका छन् । कतिपय ठाउँमा प्रदर्शनकारीहरुले अमेरिकी झण्डा समेत जलाएका खबरहरु आएका छन् ।

उनको जीतको विरोधमा न्यूयोर्क, शिकागो, फिलाडेल्फिया, शियाटल, टेक्सस, आयोवा, क्यालिफोर्निया, बोस्टनलगायतका मूख्य शहरमा विरोध प्रदर्शन गरिएको हो ।

संभवतः अमेरिकी ईतिहासमा नवनिर्वा्चित राष्टरपति बिरुद्ध मानिसहरु सडकमा उत्रिएर बिरोध गरेको यो पहिलो पटक हो ।

प्रदर्शनकारीहरुले सायद अमेरिकी निर्वाचन प्रणालीमा गल्ती भएको भनेर प्रश्न उठाएका छन् ।

धेरै भोट पाउने पराजित हुनु दुखदायी रहेको पनि प्रदर्शनकारीहरुले भनेका छन् । उनीहरुले ट्रम्पलाई नश्लवादी चरित्रको व्यक्ति भनेर समेत आलोचना गरेका छन् ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्