नेकपा माओवादीले संविधान संशोधनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने


 


prachandaकाठमाडौं, कात्तिक २५

नेकपा माओवादी केन्द्रले संविधान संशोधन र कार्यान्वयनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने निर्णय गरेको छ ।

केन्द्रको आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले संविधान संशोधन र कार्यान्वयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको भन्दै लचक भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकमा धेरैजसो नेताहरुले संविधान संशोधनमार्फत मधेशका मुद्दा सम्वोधन गर्न ढिलाई गर्न नहुने धारणा राखेका थिए । बैठकले अन्य दलसँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

बैठकमा पार्टीको राष्ट्रिय भेलाको आवश्यक तयारी सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्