यस्तो छ ओली र प्रचण्डबीच एक्लाएक्लै भेटमा भएको सहमति


 


prachand-vs-oli

काठमाडौं,कात्तिक २५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभामुख ओनसरी घर्तीको सिंहदरबारमा रहेको कार्यकक्षमा बिहीबार भएको भेटमा दुबै नेताले संविधान संशोधनबारे छलफल गरेका छन् ।

झण्डै ४५ मिनेट लामो छलफलमा दुई नेताबीच संविधान संशोधनबारे छलफल भए पनि ठोस सहमति भने हुन सकेन ।

छिट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले सहयोगका लागि आग्रह गर्दा ओली भने सकारात्मक देखिएनन् ।

दुबै नेताबीचको छलफलपछि ओलीले पत्रकारहरुसँग संविधान संशोधन किन ? र केका लागि ?, गर्न खोजिदै छ आफुले थाहा नपाएको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने दुई नेताबीच सकारात्मक कुराकानी भएको बताएका छन् ।

प्रतिपक्ष दल एमालेका नेता ओलीसँँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र आफ्नै पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए । तर, ठोस सहमति भने हुन सकेको छैन ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्