एटीएमको पिन नम्बर चोरेर रकम झिक्ने गिरोह पक्राउ


 


atm-mach-cardकाठमाडौं,कात्तिक २५

एटीएम कार्डको पिन र पासवर्ड चोरेर रकम निकाल्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी ले एटीएमबाट रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुहरम युजन र सलहटिन यवर रहेका छन् ।

आज काठमाडौंको कान्तिपथस्थित एलो प्यागोडा होटलबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६६० अमेरिकी डलर र विभिन्न बैंकका १ सय १३ ओटा एटीएम बरामद गरेको छ ।

यो गिरोहले नबिल बैंकको कान्तिपथस्थित एटीएमबाट सो रकम झिकेको बयान दिएको पनि प्रहरी जनाएको छ ।

साथै, तीन सय ग्राहकको एटीएमको पिन नम्बर र पासवर्ड पनि फेलापारेको प्रहरीको भनाइ छ ।

उनीहरुले एटीएमबाट रकम झिक्ने र महँगा सामानहरु किन्ने गरेको पाइएको भन्दै प्रहरीले २७ लाख रुपैयाँ मूल्यपर्ने स्वीस घडीसमेत किनेको प्रहरीले जनाएको छ ।

हालसम्म एटीएम ‘र्‍याकेटिङ’मा नेपालीको संलग्नता नभेटिएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत बन्न आग्रहसमेत गरेको छ ।

यसअघि गत साता पनि एटीएमको पिन र पासवर्ड चोरी गरेर रकम निकाल्ने रोमानियन र बुल्गेरियनको गिरोहलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्